जेष्ठ २२,२०८० / ०४ : ४३ पूर्वान्ह / 2023-06-05 04:43 am

        स्वरोजगार कोषबाट लिएको कर्जा तिर्न ७० सहकारीलाई ३५ दिने सूचना

        - एक हप्ता अगाडि
        जेष्ठ १०,२०८०

        काठमाडौं । 
        युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ७० सहकारी संस्थाहरुलाई कोषबाट लिएको कर्जा तिर्नै आउन ३५ दिने सूचना प्रकाशित गरेको छ । कोषबाट थोक कर्जा लिएका ७० सहकारी संस्थाहरुले कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउन सूचनाप्रकाशित गरेको हो । 

        ‘युवातथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मिति सम्म पनि चुक्तान भएकोले आजको मितिले ३५ दिनभित्र कोषलाई बुझाउनु पर्ने सावाँ, व्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनका लागी यो सूचना प्रकाशित गरिएको छ’ कोषले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

        तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समितिएवं कर्जा उपसमिति मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरण सहित रकम असुलीकालागिकालो सूचीमा राखी, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने व्यहोरा कोषले जनाएको छ ।

        कर्जा नतिर्ने सहकारी संस्थाका सूचीः

        /pagegallery/2023052483.jpg


          सम्बन्धित समाचारहरु