जेष्ठ २२,२०८० / ०५ : १२ पूर्वान्ह / 2023-06-05 05:12 am

        संघीय संसद्को संयुक्त बैठक बस्दै

        - एक हप्ता अगाडि
        जेष्ठ १०,२०८०

        संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्ने भएको छ । 

        संघीय संसद्को नयाँबानेश्वरमा दिउँसो ४ बजे संयुक्त बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । 

        ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ ।


          सम्बन्धित समाचारहरु