९ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
मंगलबार राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले आज पारित गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा गत जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति कार्यक्रम पारित गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए ।