बिराटनगर, बिराटनगर महानगरपालिका १ पोखरियास्थित सचेतना कृषि सहकारी सस्थाको आयोजनामा १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ । बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा सोमबार उक्त शिबिर सम्पन्न भएको हो ।
आफ्ना शेयर सदश्य लगायत अन्य कृषकहरुले गर्दैआएको करेसा तथा कौशी खेतीको बालीमा बिभिन्न प्रकारका रोग देखिएको गुनासो आएपछि त्यसको पहिचान गरि सावधान र कसंरी गर्ने भन्ने बिषयमा जानकारी दिने उदेश्यले सो शिविरको आयोजना गरिएको सचेतना कृषि सहकारीका अध्यक्ष लोकेन्द्र थापाले जानकारी दिए ।
शिविरमा उपस्थित अधिकाशं कृषकहरु आफ्ना रोगी बालीका साथमा उपस्थित भएका थिए । उनिहरुले आफुहरुले बालीमा लागेका रोगको औषधिको प्रयोग पछि पनि निको नभएको भन्दै सही उपचार कसरी गर्ने भन्ने बिषयमा शिविरमा जिज्ञाशा राखेका थिए । साथै रोगको सहि पहिचान कसरी गर्ने भन्ने बारेमा जानकारी लिएका थिए ।
“बिरुवामा रोग र किरा दुई प्रकारको प्रकोप हुन्छ, यसबारे कृषकहरुलाई सहि जानकारी नहुदा रोगको औषधि गर्नुपर्ने ठाउमा किरा मार्ने औषधि र किरामार्ने औषधि प्रयोग गर्नुपर्ने ठाउमा रोगको औषधि लगाइरहनु भएको हुन्छ, यसले आफ्नो बाली सप्रिनुको सट्टा थप रोगी बनाउछ, त्यसैले यसबिषयमा सहि जानकारी दिन यो शिविरको आयोजना गरिएको हो ।”– थापाले चिनारी पोष्टसगं भने ।

बालि संरक्षण झुम्काको प्राबिधिक सहयोगमा आयोजना गरिएको उक्त शिविरमा संस्थाका २१ सदश्यसहित ३० जनाभन्दा बढि कृषकहरुको सहभागिता रहेको थियो । शिबिरमा बाली प्रयोगशालाका अधिकृतहरु घनश्याम बराल, मिरा तिमिल्सिना, सिता बराल लगायतको उपस्थिति रहेको थियो ।
सचेतता कृषि सहकारी सस्थाले बिषक्तीमुक्त भान्सा अभियान सञ्चालन गर्दै आएको छ । भान्छालाई बिषाक्तीमुक्त बनाउने मुख्य उदेश्यका साथ स्थापना भएको सचेतना सहकारीले करेसा र कौशी खेती प्रबिधि सिप, ज्ञान र सामाग्री उपलब्ध गराई आफै अर्गानिक तरकारी उत्पादन गराई पारीको हैन बारीको खाउ भन्ने अभियानलाईे प्राथामिकता दिदै बिभिन्न प्रकारका जनचेतना जगाउने कार्यक्रम गदै आएको छ ।
