गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मी मौषममा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरतालाई नष्ट गर्छ र छालालाई फुस्रो बनाउँनुका साथै अनुहारमा चाया पोतो, डण्डिफोर लगायतका समस्याहरु देखा पर्ने गर्छ । त्यसकारण पनि यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।
कम उमेरमा छालामा देखिने चाउरीपनाबाट जोगाउन, छालालाई सुख्खापनाको समस्याबाट जोगाउन, अनुहारमाआउने अनावश्यक पोतो तिलकोठीहरुबाट बचाउन, गर्मी मौषममा पसिनाका कारण आउने चिपचिप, डावर आउने, चिलाउने जस्ता समस्याबाट छालालाई बचाउन , छालामा फड्गस, ब्याक्टेरिया इन्फेक्सन हुनबाट जोगाउन गर्मीमा घामबाट छालालाई बचाउनु अत्यन्तै जरुरी हुन्छ ।
तर छालालाई सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जस्तो सुकै प्रडक्टहरुको प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामीले गर्मी याममा छालाको प्रकार अनुसार छालाको ख्याल राख्नु पर्छ । धुलो, धुँवा र घामले गर्दा छाला डढेर विभिन्न समस्या देखापर्दछ । घामको किरणले छालालाई असर नगरोस भनेर छालाको हेरचाहगर्नु पर्छ ।
गर्मी मौषममा छालालाई कसरी जोगाउन सकिन्छ त भन्ने बिषयमा ब्युटिसियन सुस्मा डाँगी अधिकारीका १० टिप्स
सकेसम्म नाड्गो छालाले घाममा ननिस्कने
कटन र पोलिस्टरका कपडाहरुमा भेन्टिलेशननहुने भएकाले सकेसम्म सुतिका कपडा प्रयोग गर्ने
कसिला कपडा सकेसम्मनलगाउने
गर्मीमौषममापसिना बढी मात्रामाआउने भएकाले सकेसम्मनियमितनुहाउने ।
छालालाई सुख्खा हुनबाट बचाउनम्वइश्चराइजरको प्रयोग गर्ने ।
जथाभावी सावुनको प्रयोगले छालालाई सुख्खाबनाउने भएकाले म्वइश्चराइजरयुक्त सावुनको प्रयोग गर्ने ।
यदि कसैमागर्मीका कारण फड्गस संक्रमण भइरहने समस्या छ भने त्यो भागमा सुख्खा राख्ने ।
पानी प्रसस्त पिउने ।
पसिनालाई शरिरमै सुक्न नदिने ।