विराटनगर, महिला उद्यमी महासंघले कोशी प्रदेशमा बिभिन्न ब्यवसाय गर्दै आएका उद्यमी महिलाहरुका लागि इ कमर्स तथा डिजिटल मार्केटिङ्ग सम्बन्धि आयोजना गरेकोे तिन दिने तालिम सम्मपन्न भएको छ ।
एडम स्मिथ इन्टरनेशनल, क्यानेडियन ट्रेड फ्यासिलिटिज एण्ड इन्भेष्टमेन्ट र भिरक नेपालका को सहयोगमा बुधवारदेखि सुरु गरिएको ३ दिने तालिम मोरङ्ग च्याप्टरको समन्वयमा सम्मपन्न गरीएको हो । उक्त तालिममा कोशी प्रदेशका बिभिन्न जिल्लामा ब्यवसाय गर्दै आएका २५ जना महिला उद्यमीको सहभागिता रहेको थियो ।
साना उद्यमीहरुका लागि बजार मार्केटिड नै निकै ठुला समस्याको रुपमा रहेकाले त्यसको सावधान सावधान गर्न इ कमर्स र इन्टरनेट मार्फत बजार बिस्तार कसरी गर्न सकिन्छ भन्ने जानकारी दिने उदेश्यले सो तालिामको आयोजना गरिएको महिला उद्यमी सघंकी महासचिव महालक्ष्मी श्रेष्ठ बताउछिन् ।
‘साना उद्यमी महिलाहरुसँग ब्यवसाय बिस्तार गर्न सिमित श्रोत र साधन हुन्छ, त्यसको अधिकाशं उपयोग गर्ने माध्यम नै अहिले इन्टरनेट हो,’ श्रेष्ठ भन्छिन्, ‘यहि इन्टरनेटलाई बजार ब्यावस्थापनमा अभ्यस्त हुन सिकाउनु नै हाम्रो तालिमको उदेश्य हो ।’
महिला उद्यमी महासघंकी उपाध्यक्ष तथा प्रशिक्षक बासन्ती प्रधान महिलाहरुमा डिजिटलाइजेसनको कमि देखिनुका साथै घरै बसेर इन्टरनेटको माध्यमबाट कसरी ब्यसाय बिस्तार गर्न सकिन्छ भन्ने बिषयमा सामान्य ज्ञान समेत नहुदा कोभिडको समयमा ब्यबसाय नचलेर पेशावाटै बाहिरिएको अवस्था रहेकाले उहाँहरुलाई प्रबिधिमैत्री बनाउनस्ता तालिमको आवश्यक रहेको बताउछिन् ।
तालिममा मोबाइल नै चलाउन नजान्ने महिला उद्यमीहरु देखि लिएर ब्यवसायिक रुपमा नै ब्यवसाय गर्दैै आएका महिलाहरुलाई सहभागी गराइएको मोरड च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठ उपाध्याय बताउछिन् ।
‘यहाँ सबै खालका उद्यमी महिलाहरु छन् कोही प्रविधिमैत्री छन् भने कोहीलाई मोवाइल चलाउन पनि आउदैन’, कृति भन्छिन् ‘ आफ्ना उत्पादनलाई अनलाइनमा कसरी लाने भन्ने बिषयमा लैजान सकिन्छ भन्ने बिषयमा सिकाउन सामान्य देखि ब्यवसायिक क्षेत्रका महिलाहरुलाई समावेश गरेका छौ, सबै उत्साहित देखिएकाले निकै खुसी मिलेको छ ।
तालिममा सहभागी महिला उद्यमीहरुले अहिलेसम्म परम्परागत शैलिमा ब्यवसाय गर्दै आएको बताउदै यस तालिमले आफ्नो ब्यवसाय नयाँ शैलिमा बिस्तार कसरी गर्न सकिन्छ भन्ने बिषयमा सिक्ने अवसर मिलेको भन्दै निकै उत्साहित बनाएको बताएका छन् । सहभागिहरुले यस तिन दिने तालिमले बिना आर्थिक लगानी पनि इकमर्स तथा डिजिटल मार्केटिडको माध्यमबाट ब्यवसाय बिस्तार कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी हासिल गरेको बताए ।
त्यस्तै उत्साहित सहभागी महिला उद्यमी महिलामध्ये एक हुन उर्लावारी मोरडकी महिला उद्यमी नरमाया खनाल दंगाल । ६८ सालदेखि हालबाट सुइटर बुन्ने ब्यवसाय सुरु गरेपनि बजार ब्यवस्थापन सम्बन्धि कुनै आइडिया नभएका कारण ब्यवसाय बिस्तार गर्न यस तालिमले इन्टरनेट मार्फत कसरी आफ्नो ब्यापार बिस्तार गर्न सकिन्छ भन्ने सिक्ने अवसर पाएको भन्दै खुसी ब्यक्त गरिन ।
हेर्नु त, हामी कत्ति पछाडी रहेछौ भन्ने कुरा बल्ल पो थाहा पाइयो, उत्साहित हुदै नरमाया भन्छिन्, ‘बर्षौ देखि प्रयोग गर्दै आएको फेसबुक, इन्ट्राग्रामलाई पनि ब्यापार बिस्तारका लागि प्रयोग गर्न सकिने रहेछ भन्ने कुरा बल्ल पो सिकियो, अब छुटै पेज बनाएर आफ्नो उत्पादनको बजारीकरण गर्छु । ’
त्यस्तैगरि तालिममा सहभागी बिराटनगर १० तिनटोलियामा नर्सरी ब्यवसाय गर्दै आएकी कल्पना श्रेष्ठले यस तालिमले इन्टरनेटको माध्यमबाट आफ्नो ब्यवसाय बिस्तार कसरी गर्न सकिन्छ भन्ने बिषयमा धेरै जानकारी पाएको बताइन ।
‘ पहिले पहिले लौ न सहयोग गर भनेर अरुलाई सहयोग माग्नुपर्ने अवस्था थियो, अव सामाजिक सञ्जालबाट नै आफै कसरी ब्यापार बिस्तार गर्न सकिन्छ भन्ने बिषयमा जानियो, त्यसैले मेरोलागि यो तालिम निकै उपयोगी रहयो ।’— कल्पना बताउछिन् ।
त्यस्तै सुसान्त बुटिक सञ्चालन गर्दै आएकी दुहवी सुनसरीकी आशा चौधरी भने टिकटकद्धारा आफ्नो बुटिकको बजारीकरण गर्दै आएकी छिन । यस तालिमले टिकटक मार्फत मात्र होइन, इन्टरनेटका अन्य तरिकाबाट आफ्नो ब्यवसाय बिस्तार गर्न आफु सक्षम भएको बताइन । उनले उद्यमी बन्न चाहाने महिलाहरुलाई आटे गर्न सकिन्छ भन्ने शिक्षा पनि तालिमबाट प्राप्त गरेको बताइन ।
उक्त तालिममा इकमर्स तथा डिजिटल मार्केटिडको प्रयोगको बारेमा मात्र नभएर सफल उद्यमी बन्न नेतृत्व गर्न सक्ने खुबी समेत हुनुपर्ने भन्दै नेतृत्व बिकास कसरी गर्न सकिन्छ भन्ने बियषमा प्रयोगात्मक अभ्यास पनि गराइएको थियो भने तालिमको बन्द सत्रमा सहभगि सबैलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
महिला उद्यमी महासगं मोरङ च्याप्टरले बिगतमा पनि म्हिला उद्यमीहरुको ससक्तीकरण र बिकासमा सहयोग पुर्यायउने र महिला उद्यमीद्धारा उत्पादन गरिएका सामाग्रीहरुको बजारीकरणलाई सहयोग पुर्याउने उदेश्यले समय समयमा आवश्यक तालिम उपलब्ध गरााउदै आएको छ ।