माघ १९,२०७९ / ०९ : ३१ अपरान्ह / 2023-02-02 09:31 pm

        सडकमा पशुजस्तै जीवन विताइरहेका मानिसहरुलाई नयाँ जीवन दिने मायाघर

        - २ हप्ता अगाडि
        पौष २८,२०७९

        यिनी हुन् २६ बर्षिय सानी खातुन अहिले उनी गर्वभती छिन् आफ्नो कोहि नभएको बताउने उनलाई कहिले र कसरी गर्वभती भएँ भन्ने कुराको पत्तै छैन ६ महिना अगाडी खुटा भाँचिएर अलपत्र परेको अवस्थामाउनलाईमाया घरका मनकारी आमाहरुले उद्धार गरेका थिए । उद्धार गरेर ल्याएको केही समय पछि मात्रै उनीलाई स्वास्थ्य जाँच गराउदा थाहा भयो गर्वभती छिन् भन्ने कुरा ।

        खातुन त एउटा प्रतिनीधिपात्रमात्र हुन् यस्ता काहाली लाग्दा कँयौ पिडीतहरु सडकमा अलपत्र छन् भनेर छर्लगं हुन्छ । जे होस इटहरीमा रहेको माया घरका आमाहरुले यसरी आमा बन्न लागेकी यी अनाथ किशोरीको संरक्षण त गरेको छन् न,ै माया घरमा अनेक प्रकारका दुख कष्टमा रुमलिएर सडकमा जीवन बिताइरहेका अनाथहरु दुधे बालबालिका देखि बुढी आमाहरु मात्रै होइन सबै उमेर समुहका मानिसहरुले आश्रय पाएका छन् ।

        हो यस्तै समाजमा रहेका अनाथ, सडकमानव , अपाङ्ग, बालबालिका वृद्ध÷वृद्धा, एकलमहिला,मानसिक रोगी, पिछडिएका वर्ग दीन दुःखीहरूलगायतको सेवाको लागि सुनसरीको इटहरीमा मायाघर अनाथआश्रमको स्थापना भएको हो । अहिले मायाघरमा आफन्तबाट माया पाउन नसकेका १३० जनाले आश्रय लिइ रहेका छन ।

        सडकमा  पशुजस्तै जीवन विताइरहेकाहरुलाई नयाँ जीवन दिन काँ त्यति सजिलो छ र  तर पनि इटहरीका २१ जनामनकारी आमाहरुले त्यस्ता चुनौतीलाई पार लगाउदै आइरहेका छन् । ति आमाहरुमध्येकी एक मायाघरकी आमा हुन् इटहरीकी सुभद्रा प्याकुरेल १५ बर्षको हुँदै समाजसेवी भावनाले ओतप्रोत भएकी उनी पेशाले पत्रकार हुन् यर्सैे शिलशिलामा सडकमानवहरुको आफ्ना क्यमरमा कैद भएका तस्विरले गर्दा मायाघर सम्मको यात्रा तय भयो । उनी,माया घरको स्थापना देखिनै सेवागर्दै आएकी छिन् ।

        मायाघरमा भएका मानिसहरुलाई समय–समयमा आवश्यकतानुसार स्वास्थ्यमा आउनसक्ने वा आएका कठिनाइहरूको समाधानका लागि स्वास्थ्य परीक्षण गराइने गरिएको छ ।यसैगरी बालबालिकालाई शिक्षाको लागि स्कुलको व्यवस्था सहितको सुविधामिलाइएको छ ।

        माया घरमा अहोरात्र घटिने सबैकी प्यारी सुभद्र प्याकुरेल अहिले अन्य सहयोगी संगै अनाथ अपगां, मानसिक रोगीहरु सबै संग यसरी माया अनि खुसी बाँड्छिन् । 

        मया घरको सञ्चालन नितान्त सामाजिक भावनाबाट अभिप्रेरित भएका व्यक्तिहरूबाट भइरहेको छ । आर्थिक रूपमा कठीनाईको सामना गर्नुपरीरहेको छ तर पनि संस्थालाई उच्च मनोवलका साथ अगाडि बढाउने अभिप्रायले मायाघरसंग जोडिएका २१ जनामनकारी आमाहरु समय अनुकुल पारेर माया घरमा बेसहाराहरुलाई साहारा दिन पुगिरन्छन् उनीहरुलाई कहिले पनि केही अभाव होस भनेर जे जति गर्न सकिन्छ त्यसै अनुरुप सहयोगमा जुटिरहन्छन् ।

        यसरी माया घरसंग जोडिएको आमाहरुको परोपकारी भावना र मायाघरको आमाहरुले लिएको उद्देश्यका यात्रामा सबैको सहयोगको खाँचो त रहेको नै छ साथै सम्वन्धित सबै निकायकोे ध्यान त्यस्ता बेसाहारा माथि जान जरुरी छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको