वैशाख ७,२०८१ / ११ : ५९ अपरान्ह / 2024-04-19 11:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सातै प्रदेशमा मुख्यमन्त्री चयन, सभामुख चयनको प्रक्रिया पनि सुरु

      - १ वर्ष अगाडि
      पौष २८,२०७९

      काठमाडौं, निर्वाचनपछि सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री चयन गरिएको छ । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्। 

      निर्वाचन पछि केन्द्रमा एकाएक बनेको नयाँ सत्ता समीकरणअनुसार प्रदेशमा पनि मुख्यमन्त्री चयन गरिएको हो ।

      जसअनुसार प्रदेश नम्बर १ मा एमालेका हिक्मत कार्की, मधेश प्रदेशमा जसपाका सरोज कुमार यादव, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी, लुम्बिनी प्रदेशमा एमालेका लीला गिरि, कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन् । 

      प्रदेश १, लुम्बिनी र बागमतीमा बाहेक अन्य प्रदेशमा बुधबारमात्रै मुख्यमन्त्री चयन गरिएको हो । ती प्रदेशमा सभामुख चयनको प्रक्रिया पनि सुरु भएको छ । 

        सम्बन्धित समाचारहरु