माघ १९,२०७९ / ०९ : ३१ अपरान्ह / 2023-02-02 09:31 pm

        पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा (सूचनासहित)

        - ३ हप्ता अगाडि
        पौष २७,२०७९

        काठमाडौँ, सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । 

        सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

        म‌ंगलबार सूचना जारी गर्दै आज पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् । 

        आज नेपालको एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै  यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । 

        विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । 

        पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

         /pagegallery/2023011124.jpg

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको