माघ १९,२०७९ / ०७ : ३६ अपरान्ह / 2023-02-02 07:36 pm

        आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

        - ३ हप्ता अगाडि
        पौष २७,२०७९

        काठमाण्डौ,नेपालको एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।

        हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । 

        विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । 

        पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

        उनको जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय एकता दिवस मनाइन्छ ।  सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको