काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत प्राप्त गरेका छन् ।
आज मङ्गलवार सङ्घीय संसद अन्र्तगत प्रतिनिधि सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई दुई जनाबाहेक सबै सदस्यले समर्थन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावको पक्षमा २६८ मत परेको थियो ।
उनको विपक्षमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मत दिएका थिए ।
२ सय ७५ सदस्यीय संसदमा आज दुई सय ७० जना सांसद उपस्थित थिए । २ सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुई जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिएका हुन् ।
प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।