माघ १९,२०७९ / ०८ : ५० अपरान्ह / 2023-02-02 08:50 pm

        बाग्मती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलद्वारा शपथ ग्रहण,

        - ३ हप्ता अगाडि
        पौष २६,२०७९

        काठमाडौँ, मकवानपुर बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई शपथ ग्रहणगराएका हुन्। यसैगरी प्रदेश प्रमुख शर्माले एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई मन्त्री पदमा शपथ ग्रहण गराएका छन्।

        बाग्मतीमा सानो आकारको मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण समेत गरिएको हो । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई विना विभागीय मन्त्रीका रुपमा आज शपथ ग्रहण गराइएको हो । अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलले समाल्ने भएका छन् ।

        ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन्। उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ । एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २–२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्।

        मुख्यमन्त्री जम्मकट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ वटा कायम गर्ने बताएका छन् । 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको