माघ १९,२०७९ / ०९ : १७ अपरान्ह / 2023-02-02 09:17 pm

        प्रत्यक्षतर्फको मतगणना सकियो हेर्नुहोस् संसदमा कुन कुन दल पुगे

        - ३ हप्ता अगाडि
        मंसिर १९,२०७९

        काठमाडौँ, प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

        मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ ।

        सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ । 

        त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्टिय प्रजातन्त्र पार्टीले ७, जसपाले ७, लोसपाले ४ यसैगर िनागरिक उन्मुक्ति पार्टीले १, जनमोर्चाले १, नेमकिपाले १, जनमतले १ र स्वतन्त्रमा ५ जना सांसद निर्वाचित भएका छन । संसद्‍मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको