काठमाडौं, नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको छ ।
आइतबार बिहान भक्तपुरको लोकन्थलीमा रहेको गोकुल बास्कोटाको घरको पेटीमा उक्त शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।
प्रहरीका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको थियो । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।