काठमाडौं, नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
भक्तपुरको लोकन्थलीमा रहेको गोकुल बास्कोटाको घरको पेटीमा उक्त शंकास्पद वस्तु भेटिएको हो । प्रहरीको टोली उक्त स्थानमा पुगेको छ।
प्रहरीका अनुसार घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ। त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको जनाइएको छ ।