माघ १९,२०७९ / ०८ : ०८ अपरान्ह / 2023-02-02 08:08 pm

        धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

        - ३ हप्ता अगाडि
        मंसिर १७,२०७९

        धनुषा, आज बिहान जन्ती बोकेको जीप  धनुषामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । 

        जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटनामा परी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

        महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको बताइएको छ ।

        मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको