माघ १९,२०७९ / ०९ : ०८ अपरान्ह / 2023-02-02 09:08 pm

        यस्ता छन नयाँ सरकारका चुनौती

        - ३ हप्ता अगाडि
        मंसिर १७,२०७९

        काठमाडौ, अहिले नयाँ सरकार बनाउन सत्ता गठवन्धनसहित प्रतिपक्षी दल नेकपा एमाले पनि गृहकार्यमा जुटेको छ । जसले बहुमत जुटाउन सक्छ त्यसैले नयाँ सरकारको नेतृत्व गर्नेछ । 

        जसले सरकार बनाएपनि मुलुकसामु देखा परेका केही चुनौतीको डटेर सामना गर्नुपर्ने अवस्था छ । 

        धेरैका बुझाइमा अहिलेको सत्ताधारी गठबन्धनले नै आगामी सरकार बनाउने देखिन्छ । राजनीतिक समीकरण हेर्दा त्यो अवस्था पनि देखिन्छ । 

        सबैभन्दा ठूलो दल बन्ने देखिएको नेपाली कांग्रेसभित्रै प्रधानमन्त्री तथा अन्य पदका लागि आकांक्षी धेरै हुनुले सरकार गठन ‘सकसपूर्ण’ हुनसक्ने कतिपयको अनुमान छ । जसको नेतृत्वमा सरकार बनेपनि सरकारले सुरुमै सामना गर्नुपर्ने केही चुनौत देखा परेका छन । ती मध्ये एउटा हो । 

        राजनीतिक अस्थिरता

        राजनीतिक अस्थिरताको डर र जुनसुकै बेला सरकार ढल्न सक्छ भन्ने चुनौतीले नयाँ सरकारलाई आनन्दसंग राजकाज गर्न दिने छैन । अहिलेको गणित हेर्दा मिलिजुली सरकार बन्ने निश्चित छ तर नेपालमा मिलीजुली सरकारसम्बन्धी संस्कार बसेको देखिँदैन ।  सानो कुरामा चित्त नबुझ्ने बित्तिकै सरकार ढाल्ने वा अस्थिरता निम्तिने संस्कार छ । 

        दोस्रो चुनौती हो संघीयता कार्यान्वयन 

        संघीयतालाई संस्थागत तथा कार्यान्वयन गर्ने कुरामा अवरोध झन बढ्ने देखिन्छ । चुनावबाट संघीयता विरोधी र प्रदेशप्रति अनुदार शक्तिको उदयका कारण यो समस्या बल्झिन सक्छ । 

        यो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलको रूपमा उदाएको छ भने राप्रपा पनि संसद्मा थप सशक्त बनेको छ।

        तेस्रो चुनौती हो आर्थिक संकट 

        गत वर्षदेखि नै नेपाली अर्थतन्त्र संकटमा छ । केही सुधारको सङ्केत देखिने तर फेरि केही आर्थिक पाटाहरूमा जटिल समस्या देखिने क्रम नरोकिएकाले कुनैपनि बेला आर्थिकस्थिति धराशायी हुनसक्छ ।

         चर्को मूल्यवृद्धि, उच्च ब्याजदर, बेरोजगारी र अनावश्यक प्रशासनिक खर्चको बोझ जस्ता कुरालाई नियन्त्रण गर्नतर्फ सरकार नलागे त्यसले ठूलो सङ्कट निम्त्याउन सक्छ । 

        चौथो चुनौती हो वैदेशिक सम्बन्धमा सुधार

        परराष्ट्र मामिलामा नेपालको कमजोर उपस्थिति देखिएको तथा कतिपय अवस्थामा नेपाल शक्ति राष्ट्रहरूको टकरावको केन्द्र बन्ने हो कि भन्ने चिन्ता बढेको छ । 

        त्यसलाई “सन्तुलन”मा राख्ने चुनौती नयाँ सरकारलाई हुने निश्चित छ । 

        कतिपयले नेपालले अमेरिकी सहायता परियोजना एमसीसी पास गरेपछि नेपाल चीन र अमेरिकाको चेपुवामा पर्ने चिन्ता पनि व्यक्त गरिरहेका छन्। यस्तोमा नेपालले सन्तुलित नीति लिएर छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाउने चुनौती रहेको छ । 

        पाँचौ चुनौती हो दल र सरकारको साख जोगाउनु

        अब बन्ने सरकारका लागि विशेषगरी राजनीतिक दल तथा सरकारमाथि घटेको जनविश्वासलाई बढाउनुपर्ने चुनौती छ । पुराना दल मात्र होइन नयाँ दलहरूलाई पनि आफ्नो साख जोगाउने सकस छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको