माघ १९,२०७९ / ०८ : ३९ अपरान्ह / 2023-02-02 08:39 pm

        सशस्त्र प्रहरीको जवानबाटै बैतडीमा मृत फेला परेकी माया लुहारको हत्या

        - २ महिना अगाडि
        मंसिर १५,२०७९

        बैतडी, बैतडीमा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी २१ वर्षीया माया लुहारको हत्या प्रहरीलेनै गरेको खुलेको छ । घाइते अवस्थामा फेला परेकी १५ वर्षीया बालिका नेहा लुहारले नाम लिएका आरोपित युवा भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी रहेको बताइएको छ ।

        प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते वालिकाले सशस्त्र प्रहरीका जवान भरत कोलीले हत्या गरेको बताएकी छन् । घाइते बालिकाको उद्धार गरेर उपचारका लागि डडेलधुरा अस्पताल पठाएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रनाउ प्रेमबहादुर शाहीले घाइते बालिकाले नाम लिएका आरोपित युवा सशस्त्र प्रहरीमा कार्यरत रहेको खुल्न आएकाले अनुसन्धान भइरहेको बताएका छन् । 

        बुधवार बेलुकी शिवनाथ गाउँपालिका–६, स्थित शिवनाथ मन्दिर नजिक रहेको टेलिफोन टावर छेउमा  बैतडीको  पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहारको घाँटी काटिएको अवस्थामा सब फेला परेको थियो भने सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी हुन् ।

        मृतक लुहार भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा  निर्वाचनमा म्यादी प्रहरीका रूपमा बैतडीको शिवनाथ गाउँपालिका सोल्पलामा खटिएकी थिइन् । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत शिवनाथ गाउँपालिका–४,का भरत कोली बिदामा घर आएका थिए । मायासँग कोलीको राम्रै चिनजान रहेको बताइन्छ । म्यादी प्रहरीको समय सकिएपछि  घर फकिने बेला मृतक मायाको फोन भरत कोलीले खोसेर आफूसँगै राखेको खुल्न आएको छ । 

        मङ्गलवार बिहान १०ः बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएको भनिए पनि माया लुहार फोन लिन र कोलीसँग भेटघाट गर्न घरबाट १५ वर्षीय नेहालाई साथमा लगी शिवनाथ गएको बुझिएको छ । मृतक माया लोहारको सब फेला परेको स्थानमा मङ्गलवार राति आगोसमेत बालेको पाइएको स्थानीयले बताएका छन् । 

        मङ्गलवार बिहान घरबाट लुगा सिलाउन भनेर हिँडेका युवति घर नफर्के पछि बुधवार आफन्तले प्रहरीमा खबर गरेर  खोजी गर्दै जाँदा बुधवार बेलुकी ४ः१५ बजे माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । थप अनुसन्धान गर्न प्रहरीको टोली परिचालन गरिएको आजको नेपाल समाचारपत्रमा खबर छ । 

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको