मंसिर २०,२०७९ / ०१ : २९ अपरान्ह / 2022-12-06 01:29 pm

        रौतहट–३ बाट प्रभु साह विजयी

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        रौतहट, रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह महागठबन्धनलाई भारी मतान्तरका साथ हराउँदै प्रतिनिधी सभा सदस्यमा विजयी भएका छन् । एमालेबाट राजीनामा दिएपछि सत्ता गठबन्धनको समर्थनमा साह ३२ हजार ४३७ मत ल्याएर विजयी भएका हुन् ।

        साह एमालेबाट चुनाव नलडेपछि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका रविन्द्र पट्टेललाई उम्मेदवारी दिन आग्रह गरेका थिए । अन्तिममा उनले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले पार्टीबाट कारबाही गरेको थियो ।

          सम्बन्धित समाचारहरु