मंसिर २०,२०७९ / ०२ : ११ अपरान्ह / 2022-12-06 02:11 pm

        झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        काठमाडौं, झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् । 

        अध्यक्ष लिङ्देनले  ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका थिए।

        झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी भएका थिए।

        झापा क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार छ सय ३७ मत खसेको थियो । 

          सम्बन्धित समाचारहरु