मंसिर २०,२०७९ / १२ : १७ अपरान्ह / 2022-12-06 12:17 pm

        दबङ प्रेम आलेका अघि एमाले ध्वस्त, भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        काठमाडौ, चर्चित पूर्व मन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले आफनो ‘एक्सन ओरियन्टेड’ छविलाई कायम राख्दै आफनो लोकप्रियता फेरि पुष्टि गरेका छन् ।

         डोटीमा लगातार तेस्रो जित निकाल्दै आलेले आफनो पूर्व पार्टी एमालेलाई जवाफ मात्र दिएका छैनन् गठवन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्रको समेत विश्वास लिएका छन् ।    

        आलेलाई हराउन एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस भित्रकै केही समूहले ठूलो प्रयास गरेका थिए । कांग्रेसका केही व्यक्तिले आलेलाई हराउन भनेर स्वतन्त्र उम्मेदवार नै खडा गरेका थिए । 

        तर, अवरोधका सबै पर्खाल भत्काउँदै आले पुनः निर्वाचित हुन सफल भए । उनले ४ हजार २ सय ६ मतको अन्तरले निर्वाचन जितेका हुन् । 

        एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएका हुन । उनका प्रतिष्पर्धी एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् । 

        यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।

        प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री आले सांसदमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए ।

        आफू विजयी भएपछि आलेले भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने बताए । उनले मुलुकमा सुशासन कायम गर्न, विकास गर्न र जनताका समस्या समाधान गर्न आफूले कसैसंग कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

          सम्बन्धित समाचारहरु