मंसिर २०,२०७९ / १२ : ३२ अपरान्ह / 2022-12-06 12:32 pm

        आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु, ३ जना घाइते

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        जनकपुरधाम, रौतहटको गौर नगरपालिका - १ स्थित इस्लाम सिरक डसना पसलमा आगलागी हुँदा एकै सरिवारको तीन बालबालिकाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते छन् ।

        गौर नगरपालिका - १ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

        प्रहरीका अनुसार २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान जलेर घाइते छन् । उनीहरूको उपचार जारी छ ।

        पसलमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलगी गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

          सम्बन्धित समाचारहरु