मंसिर २०,२०७९ / ०२ : ०८ अपरान्ह / 2022-12-06 02:08 pm

        अर्को चुनावमा सयौं सागर जन्मने, विद्रोह र विभेदविरुद्ध स्पष्ट सन्देश

        - एक हप्ता अगाडि
        मंसिर ७,२०७९

        काठमाडौं, वरिष्ठ पत्रकार अनिल गिरिले सामाजिक संजालमा लेखे– गुल्मीमा जन्मे हुर्केको मान्छेले अदम्य साहस र आँट बटुलेर  बहालवाला प्रधानमन्त्रीको ठाउँमा चुनौतीका साथ चुनाव लड्ने आटलाई धेरैले गिज्याएका थिए । त्यस्तो दुर्गम जिल्लामा एक्लो प्रयास अनी स्रोत साधनको अभावमा यो तहको जनसमर्थन पाउनु कुनै मजाक थिएन १ सबै साधन स्रोत सम्पन्न शेरबहादुर देउबाका बिरुद्ध चुनाव लड्ने हिम्मत सानो कुरो थिएन १ सबै प्रतिकुलताका बाबजुद एउटा सामान्य परिवारको केटोले जसरी चुनाव प्रचार ग¥यो र सबै प्रतिकुलताका बाबजुद १३ हजार ४२ मत प्राप्त ग¥यो  । कुनै बेलाका देउबाका सारथी र अहिले एमालेको समर्थनका उठेका कर्ण मल्ल भन्दा दोब्बर मत ल्याएर शानदार दोस्रो स्थान बनायो, त्यस्का लागि सागर ढकाललाई मनैदेखी बधाई १

        सागरले पाएको यो मत बिद्रोह, आक्रोश अनी बिभेदको स्पस्ट सन्देश हो १ स्थापित दलहरुले यो संकेत बुझेनन भने अर्को चुनावका लागि सयौ सागर ढकालहरु जन्मने निस्चित छ । 

        अनिलको पोष्टमा पत्रकार पुनम पौडेलले लेखिन–मेरै मनको कुरा । 

        कमेन्ट गर्ने दर्जनौले यसलाई सागरको हार नभइ जित भएको बताएकाछन् । उनीहरुले सागरले देउवा जस्तो शक्तिशाली नेता अझ बाहलवाला प्रधानमन्त्रीविरुद्ध यति धेरै मत ल्याउनु नै विजय भएको उल्लेख गरेकाछन् । 

        लामो समयदेखि देउवाविरुद्ध लागेका कर्ण मल्ल भन्दा दोब्बर मत सागरले ल्याउनु चानचुने थिएन । सागरले मत मात्र ल्याएका छैनन, उनले डडेल्धुरामा आफनो मनसमेत रोपेर आएकाछन् । उनले त्यहाँको बोेलीबचन र लवज पनि सिकेकाछन् । त्यहाँका मानिससंग मित्रता गाँसेकाछन् । एउटा अटुट साइनो जोडेर उनी डडेल्धुराबाट फर्किदैछन । 

        सागरले पाँच बर्षपछि फेरि डडेल्धुराबाटै चुनाव लड्ने घोषणा गरेकाछन् । पाँच बर्षपछि चुनाव जित्ने उनको बुझाइ छ । चुनाव हारे राजनीति नै परित्याग गर्ने उनले बताएकाछन् । 

        प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत ल्याउँदा सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।

          सम्बन्धित समाचारहरु