मंसिर २०,२०७९ / १२ : ४२ अपरान्ह / 2022-12-06 12:42 pm

        छैठौं पटक प्रधानमन्त्री बन्ने देउवाको यात्रामा गगनले लगाउन त ‘ब्रेक’ ?

        - एक हप्ता अगाडि
        मंसिर ७,२०७९

        काठमाडौं, निर्वाचनको परिणाम आउनेक्रमसंगै भावी सरकार र त्यसको नेतृत्वको बहससमेत प्रारम्भ भएको छ ।  अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हुने र सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने लगभग निश्चित छ । 

        तर, कांग्रेसबाट सरकारको नेतृत् व कसले गर्ने त कांग्रेसबाट प्रधानमन्त्री बन्न चाहनेहरुको सूची निकै लामो छ । हालका प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवा, प्रकाशमान सिह, रामचन्द्र पौडेल, डा। सशांक कोइराला, गगन थापा लगायतले प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन । 

        प्रधानमन्त्री देउवा फेरि पनि प्रधानमन्त्री बन्नका लागि तयारछन् । उनी स्वभाविक उम्मेदवार हुन् । गठवन्धन भित्र पनि त्यही समझदारी छ । 

        तर, देउवाका लागि सबैभन्दा ठूलो तगारो बनेकाछन् गगन थापा । काठमाडौं ४ मा जित हासिल गरेसंगै गगनले संसदीय दलको नेता बन्ने तयारी सुरु गरिसकेकाछन् । उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने आफनो लक्ष्य सार्वजनिक गरिसकेका छन् । 

        थापाको यो अभियानमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएकाछन् । उनले थापा निर्वाचित भएलगत्तै सामाजिक संजालमा थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्ने घोषणा गरिसकेका छन् । 

        पार्टीका दुई महामन्त्रीको यो गठजोडले देउवासहित अन्य नेताहरुलाई समस्यामा पार्ने निश्चित छ । कांग्रेसबाट निर्वाचत भएर आउने सांसदहरुसंग शर्मा र थापाले संवाद अघि बढाइसकेका छन् । 

        नेपाली कांग्रेस भित्रै पनि देउवाकोसट्टा नयाँ पुस्ता अर्थात थापालाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठिरहेको छ । 

        तर, सत्ता गठवन्धनका साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु थापालाई प्रधानमन्त्री बनाउन तयार देखिदैनन् । यो अवस्थामा गठवन्धन भत्किने र नयाँ समीकरण सुरु हुनसक्ने आंकलन गरिएको छ ।

          सम्बन्धित समाचारहरु