मंसिर २०,२०७९ / १२ : २० अपरान्ह / 2022-12-06 12:20 pm

        मंसिर ५ देखि पोखरा विमानस्थलमा यान्त्रिक परीक्षण उडान

        - २ हप्ता अगाडि
        मंसिर ३,२०७९

        कास्की, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामि सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाइ कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ ।

        विमान पोखरा आइपुगेको र पर्सि सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिएका छन् । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नको लागि यान्त्रिक परीक्षण उडान गरिन्छ ।

        प्रमुख मुनकर्मीका अनुसार क्यालिब्रेसन उडानका लागि पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठेपानी डाँडा कटानको काम पनि भएको हो । क्यालिब्रेसन प्लाइटको समयमा नियमित उडान प्रभावित हुने छन् । क्यालिब्रेसन उडान सकिएपछि एरो थाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् । 

         

          सम्बन्धित समाचारहरु