मंसिर २०,२०७९ / ०१ : २२ अपरान्ह / 2022-12-06 01:22 pm

        मंसिर ४ गते हुने निर्वाचनको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने निर्वाचन आयोगको लक्ष्य

        - २ हप्ता अगाडि
        मंसिर २,२०७९

        काठमाडौं, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

        यस्तै आगोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकको सम्पूर्ण परिणाम  भने पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको छ । 

        निर्वाचन पश्चात  सबै मतपेटिका संकलन भए लगत्तैदेखि मतगणना सुरु हुने बताइएको छ ।  मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने  तयारी रहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।

        आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।

          सम्बन्धित समाचारहरु