जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      एमालेले लगायो समानुपातिकतर्फका उम्मेद्वारको टुंगो

      - ३ वर्ष अगाडि
      असोज २,२०७९

      नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ ।  

      आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको नामावली पारित गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

      गुरुङका अनुसार प्रतिनिधिसभामा आदिवासीतर्फ ३२,खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष), थारु ७, दलित १५, (आठ महिला सात पुरुष), मधेसीतर्फ १७, (नौ महिला, आठ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुलिस) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको हो । 

      त्यस्तै प्रदेश नम्बर १ का लागि २० महिलासहित ३७, मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा क्लस्टर सहित ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले जनाएको छ । 

      लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेका छन् । 

      सुदुरपश्चिम आदिवासी महिला १, खस आर्य १२,थारु ४, दलित ४ मधेसी १ मुस्लिम १ सिफारिस भएका छन् ।  

        सम्बन्धित समाचारहरु