दार्चुला जिल्ला सदरमुकाम भएर बग्ने लास्कु खोलामा बाढी आउँदा ११ घर बगेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीमा ४ जना बेपत्ता भएका छन ।
लास्कु खोला महाकाली नदीमा मिल्ने सहायक नदी हो । बाढीले खोलामा निर्माणाधीन पक्की पुलमा क्षति गरेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ ।
बाढीमा घाइते भएका १ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।








