जेष्ठ ४,२०७९ / ०९ : ३९ अपरान्ह / 2022-05-18 09:39 pm

        विदेशीले तीन दिन लगाएर सफा गरे सिमकोट बजार

        - २ महिना अगाडि
        फागुन ३०,२०७८

        हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ गर्नुपर्छ भन्ने कुरामा अहिलेसम्म कसैको ध्यान गएन । यत्तिसम्म कि सिमकोट गाउँपालिकाले फोहोर व्यवस्थापनकै लागि कर्मचारी समेत राखेको छ । र पनि बजार क्षेत्रको फोहोरमैला सरसफाइमा कसैको दृष्टि गएन ।

        तर स्थानीयले बेवास्ता गर्ने गरिएको बजार क्षेत्रको फोहोरमा पाहुना बनेर आएका एक विदेशी नागरिकको आँखा पर्‍यो र उनले बजार क्षेत्रका मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई सफा बनाए । हुम्लाको सिमकोट घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले बजार क्षेत्रको सफाइ गरेका हुन् ।

        यति सुन्दर स्थान फोहोरले दुर्गन्धित हुँदा नरमाइलो लागेको र त्यसै बस्न नसकेर सरसफाइमा जुटेको ती विदेशी नागरिकले बताए । उनले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्य समेत गरेका छन् । बजार क्षेत्र सफाइ गर्न तीन दिन लागेको उनले बताए । तीनधाराको सफाइमा उनलाई स्थानीय हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका थिए । सफाइ गर्ने औजार समेत आफैले किनेर सफा गरेका विदेशी नागरिकलाई स्थानीयले धन्यबाद दिएका छन् ।

          सम्बन्धित समाचारहरु