मंसिर २०,२०७९ / ०१ : ५६ अपरान्ह / 2022-12-06 01:56 pm

        नेपाल बारको २५ पदमा ७५ जनाको उम्मेदवारी

        - ३ हप्ता अगाडि
        फागुन २६,२०७८

        नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् ।

        अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्ववचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिए। 

        यस्तै महासचिवमा ६ जनाले उम्मेदवारी दिएका छन्। महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेशप्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका हुन्। 

        कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन्। आगामी चैत १९ गते हुने निर्वाचनका लागि  परेको छ। 

          सम्बन्धित समाचारहरु