जेष्ठ १६,२०८३ / १२ : २४ अपरान्ह / 2026-05-30 12:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रसंघमा नेपालले गर्‍यो रुसविरुद्ध मतदान

      - ४ वर्ष अगाडि
      फागुन १९,२०७८

      नेपालले संयुक्त राष्ट्रसंघको महासभामा रुसविरुद्ध मतदान गरेको छ । रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए। विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

       युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएकाे हाे । राष्ट्रसघमा कुल १९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‌मा पनि नेपालले युक्रेनकाे पक्षमा मतदान गरेको थियो । परिषद्‌मा ४७ देश सदस्य छन् । यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‌मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्का नेपाल छैन । सुरक्षा परिषद्‌मा १५ सदस्य राष्ट्र छन् । 

      राष्ट्रसघमा रहेका १९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए। त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।

        सम्बन्धित समाचारहरु