वैशाख ८,२०८३ / ०२ : ४७ अपरान्ह / 2026-04-21 02:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      चौबीस घण्टामा २ हजार ५ सय ४० कोरोना संक्रमित निको भए

      - ४ वर्ष अगाडि
      माघ १०,२०७८

      काठमाडौं । 

      नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ५४० जना कोरोना संक्रमित निको भएका  छन् । 

      यसैगरि, सोहि अवधिमा थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार २०१ जनाको नमुनाको परीक्षण गर्दा १० हजार ३१९जनामा संक्रमण पुष्टि भएको  हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

      त्यस्तै चौबीस घण्टामा चारजनाको कोरोनाका कारण मृत्यु भएको छ । देशभर मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।

        सम्बन्धित समाचारहरु