वैशाख ८,२०८३ / ०२ : ४८ अपरान्ह / 2026-04-21 02:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा आज देशभरका न्यायालयहरू बन्द हुने

      - ४ वर्ष अगाडि
      माघ ९,२०७८

      काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहने छन् । सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक बिदा दिने भएकाले आज बन्द हुने भएको हो । पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गत बुधबार दिउँसो निधन भएको थियो ।

      काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।

        सम्बन्धित समाचारहरु