वैशाख ८,२०८३ / ०२ : ४७ अपरान्ह / 2026-04-21 02:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      संसदका विषयमा प्रधानमन्त्रीलाई एमालेले दियो यस्तो जवाफ !

      - ४ वर्ष अगाडि
      माघ ७,२०७८

      नेकपा एमालेले संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नै बटमलाइन भएको बताएको छ । 

      शुक्रवार राष्ट्रको नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले ‘संसदमा रहेका सबै राजनीतिक दलहरूसँग संवाद र सहमतिको माध्यमबाट संसद्को गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पु¥याइने’ बताएका थिए । 

      प्रधानमन्त्रीको यसै अभिव्यक्ती माथि प्रतिक्रिया दिदै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाको राजीनामा या एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद्को गतिरोध नहट्ने बताएका हुन् । 

      सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने, ‘एमालेलाई विश्वासमा लिनका लागि या सभामुखको राजीनामा गराउनुप¥यो अथवा ढिलै भए पनि १४ जना सांसदमाथिको कारवाही सदर हुनुप¥यो,’ उनले थपे, ‘अदालतमा उहाँहरूको सेटिङ रहेकाले अदालतबाट फैसला गराउनुभयो भने पनि हामी बाटो खोल्दिन तयार छौं ।’

      माधव नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही सभामुख सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले गत भदौ महिनादेखि संसद्मा अवरोध गर्दै आएको छ । 

        सम्बन्धित समाचारहरु