वैशाख १४,२०८१ / १२ : ३५ पूर्वान्ह / 2024-04-26 12:35 am
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौं उपत्यकामा बिहिबार १९ सय ३४ जनामा कोरोना

      - ३ वर्ष अगाडि
      असोज २९,२०७७

      काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा १६ सय ९२ , ललितपुरमा १३४ र भक्तपुरमा १०८ जना गरी १९ सय ३४ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

      यस्तै नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । 

      पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको मन्त्रालयको तथ्यांक छ । यस्तै नेपालमा कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ। बिहीबार  मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

      देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् ।

      पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन् ।

        सम्बन्धित समाचारहरु