कार्तिक १०,२०७७ / ०७ : २९ पूर्वान्ह / 2020-10-26 07:29 am
      • Salt Trading

      काठमाडौं उपत्यकामा थपिए १४०३ जना कोरोना संक्रमित

      - एक हप्ता अगाडि
      असोज २८,२०७७

      काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

      बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप एक हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।  प्रवक्ता गौतमका अनुसार आज काठमाडौंमा मात्रै ९९६ संक्रमित थपिएका छन् ।  त्यसैगरी भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।  

      यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख १७ हजार ९६ पुगेको छ । जसमध्ये ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित भएको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले  बताए ।

      त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना संक्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट मुक्त हुनेको संख्या ८० हजार ९ सय ५४  पुगेको छ । 

      आज १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँग मृतकको संख्या ६ सय ७५ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५६८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६६६ जना रहेका छन्। 

      मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० जना बिरामी रहेका छन् । 

        सम्बन्धित समाचारहरु