कार्तिक १०,२०७७ / ०७ : १२ पूर्वान्ह / 2020-10-26 07:12 am
      • Salt Trading

      काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २२८३ जनामा संक्रमण पुष्टि

      - एक हप्ता अगाडि
      असोज २६,२०७७

      काठमाडौं, काठमाडौं उपत्यकामा  पछिल्लो २४ घन्टामा २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

      पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

      यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

        सम्बन्धित समाचारहरु