कार्तिक १०,२०७७ / ०७ : १५ पूर्वान्ह / 2020-10-26 07:15 am
      • Salt Trading

      उपत्यकामा एकैदिन १४ सय १६ जनामा कोरोना, ८ को मृत्यु

      - एक हप्ता अगाडि
      असोज २५,२०७७

      काठमाडौँ, पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ भने १४ सय १६ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

      यस्तै काठमाडौंका ११ सय ४५ ,ललितपुर ११० र भक्तपुरका १६१ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

      यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम आइसोलेसनमा १७  हजार ६६६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन्। 

      मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आइतबार १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । 

      मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।  

        सम्बन्धित समाचारहरु