कार्तिक १०,२०७७ / ०७ : २६ पूर्वान्ह / 2020-10-26 07:26 am
      • Salt Trading

      थप २०७१ जनामा कोरोना पुष्टि, १५५२ जना डिस्चार्ज, २२ जनाको मृत्यु

      - एक हप्ता अगाडि
      असोज २५,२०७७

      काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम आइसोलेसनमा १७  हजार ६६६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन्। 

      मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आइतबार १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । 

      मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।  

        सम्बन्धित समाचारहरु