फागुन १३,२०८२ / ०७ : १२ पूर्वान्ह / 2026-02-25 07:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,१७७ जनामा कोरोना

      - ५ वर्ष अगाडि
      असोज १७,२०७७

      काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  उपत्यकाका तीन जिल्लामा थप ११ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।  

       उनका अनुसार आज काठमाडौंमा मात्रै १ हजार एक संक्रमित थपिएका छन् ।   त्यसैगरी भक्तपुरमा ६८ जना र ललितपुरमा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।  यस्तै शनिबार नेपालमा २१ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।   योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

      यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४४ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ।  यस्तै मन्त्रालयका अनुसार शनिबार ८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

      अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ । होम आइसोलेशनमा ११ हजार ५२९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ हजार ७७३ जना  संस्थागत आइसोलेशनमा रहेका छन्। अहिले ४ हजार २७३ जना क्वारेन्टाइनमा रहेका छन् ।  मन्त्रालयका अनुसार शनिबार १२ हजार ९७८ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ६१ हजार ६६४ पुगेको छ । 

        सम्बन्धित समाचारहरु