वैशाख ७,२०८१ / ०५ : २८ पूर्वान्ह / 2024-04-19 05:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

      - ३ वर्ष अगाडि
      असोज ३,२०७७

      काठमाडौं, गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशभर कोरोना संक्रमित संख्या तीन हजार ३५१ पुगेको  छ। 

       प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा थप संक्रमण पुष्टि भएको हो ।

      आज थपिएका संक्रमितहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका– ६ का ४५ र ४० वर्ष उमेरका दुई जना पुरुष, हुप्सेकोट गाउँपालिका– ४ का ३५ र ३६ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं. ३ का ४५, ५८ र २४ वर्ष उमेरका पुरुष तथा ५६ र ४२ वर्षीया महिला र वडा नं. ५ की ३७ वर्षीया महिला रहेका छन् । पर्वत जिल्लामा पनि थप २ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उनीहरु कुस्मा नगरपालिका– ६ की ५७ वर्षीया महिला र नेपाली सेनामा कार्यरत ३५ वर्षीय जवान रहेका छन् ।

      स्याङ्जाको फेदीखोला गाउँपालिकाका २१ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका- ६ का ४२ वर्षीय पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको छ । नवलपरासीको हुप्सेकोट(५ की महिला स्वास्थ्य स्वयंसेविका रहेको निर्देशनालयले जनाएको छ ।

        सम्बन्धित समाचारहरु