असोज ६,२०७७ / ०७ : २४ पूर्वान्ह / 2020-09-22 07:24 am
      • Salt Trading

      पहिरोले पुनः नारायणगढ–मुग्लिन सडक अवरुद्ध

      - ६ दिन अगाडि
      भाद्र ३०,२०७७

      काठमाडौं, नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति साढे १० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

      सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । 

      पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरू गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

      यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ ।

        सम्बन्धित समाचारहरु