असोज ६,२०७७ / ०७ : ५० पूर्वान्ह / 2020-09-22 07:50 am
      • Salt Trading

      वीरगञ्जमा ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

      - ६ दिन अगाडि
      भाद्र ३०,२०७७

      वीरगञ्ज, बाराका ५५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा वीरगञ्ज नारायणी अस्पतालमा मृत्यु भएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । 

      बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने मृतक महिलाको उपचारको क्रममा सोमबार साँझ  मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 

      सोमबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

        सम्बन्धित समाचारहरु