असोज ६,२०७७ / ०६ : ४१ पूर्वान्ह / 2020-09-22 06:41 am
      • Salt Trading

      काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण

      - एक हप्ता अगाडि
      भाद्र २४,२०७७

      काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। मंगलबार मात्रै ३९६ जनामा संक्रमण देखिएको थियो।

      काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका  ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा गौतमले जानकारी दिए। 

      यस्तै नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

      यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ जना पुगेको छ। कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार नाघेको छ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको दिनमा देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन्।

      २४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ।

        सम्बन्धित समाचारहरु