असोज ६,२०७७ / ०६ : ५४ पूर्वान्ह / 2020-09-22 06:54 am
      • Salt Trading

      २४ घन्टामा थप १ हजार ८१ जनामा कोरोना, संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

      - एक हप्ता अगाडि
      भाद्र २४,२०७७

      काठमाडौँ, नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

      पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

      यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ जना पुगेको छ। कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार नाघेको छ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजको दिनमा देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन्।

      २४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ।

        सम्बन्धित समाचारहरु