वैशाख ८,२०८३ / ०२ : ४८ अपरान्ह / 2026-04-21 02:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      २४ घण्टामा ११ सय ११ जना संक्रमित थप, ५६९ जना डिस्चार्ज

      - ५ वर्ष अगाडि
      भाद्र ११,२०७७

      काठमाडौं, पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। 

      आज थपिएकामा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरेर २४ घण्टामा ११ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । 

      १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ११ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले बताए ।

      यस्तै २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ। 

      नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ४७  हजार ८८१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।  

        सम्बन्धित समाचारहरु