जेष्ठ १९,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-02 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोरोनाबाट ललितपुर र धरानमा थप २ महिलाको मृत्यु

      - ५ वर्ष अगाडि
      भाद्र ३,२०७७

      काठमाडौं, कोरोनाबाट ललितपुर र धरानमा थप २ महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु भएको  हो । उक्त अस्पतालमा उपचार गराइरहेकी ती महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

      मृतक महिला भक्तपुर सुर्यविनायक निवासी भएको कार्यालयले एक विज्ञप्ति सार्वजनिक गरेरै जानकारी दिएको छ ।  यस्तै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङको बूढीगंगा –२ की मृतक महिलाकोे उपचारका क्रममा मृत्यु भएको हो ।

      मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताएका छन् । उनका अनुसार मृतकको मुटुको रोगको उपचार हुँदै आएको थियो ।

      /pagegallery/2020081935.jpg

        सम्बन्धित समाचारहरु