जेष्ठ १६,२०८३ / १२ : २४ अपरान्ह / 2026-05-30 12:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृतक संख्या ११४ पुग्‍यो

      - ५ वर्ष अगाडि
      भाद्र २,२०७७

      काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सात जनाको मृत्‍यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ११४ पुगेको छ ।

      स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन् ।

      गौतमका अनुसार मृत्‍यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाका एक महिला रहेका छन् ।

      यस्तै पछिल्लो २४ घण्टामा एकैदिन १ हजार १६ जना कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौँ उपत्यकामा मात्रै २०५ जनामा कोरोना संक्रमित भेटिएको छ ।

        सम्बन्धित समाचारहरु