वैशाख ८,२०८३ / ०२ : ४६ अपरान्ह / 2026-04-21 02:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      इनफ इज इनफका अभियन्ता ई: अस्पताल भर्ना

      - ५ वर्ष अगाडि
      श्रावण १९,२०७७

      काठमाडौं, विगत १७ दिनदेखि काठमाडौंको वसन्तपुरमा सत्याग्रहमा बसेका अभियन्ता ईः अस्पताल भर्ना भएका छन् । 

      इनफ इज इनफका अभियन्ता ईः लाई स्वास्थ्यमा समस्या देखिएपछि ईःलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । 

      अभियन्ता ईःले अस्पतालबाटै सत्याग्रह जारी राख्ने भएका छन् । कोरोनाका नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका प्रभावकारी नभएको भन्दै उनी अनशन बसेका हुन् । 

      पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो बनाउनुपर्ने, विदेशबाट आएकाको स्वास्थ्य तथा क्वारेन्टिन बस्न उचित प्रबन्ध मिलाउनुपर्ने लगायत माग राखी उनी सत्याग्रहमा बसेका छन् ।

      ईः ले यसअघि पाटनमा १२ दिनसम्म अनशन बसेपछि स्वास्थ्य मन्त्रालय र अभियन्ताबीच १२ बुँदे सहमति भएको थियो । सम्झौतापछि उनले सत्याग्रह स्थगित गरेका थिए । तर सम्झौता कार्यान्वयन नभएपछि उनी फेरि सत्याग्रहमा बसेका हुन् ।

        सम्बन्धित समाचारहरु