जेष्ठ १९,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-02 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

      - ५ वर्ष अगाडि
      श्रावण १८,२०७७

      काठमाण्डौ, सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बेलुकी लालबन्दी नगरपालिका–१७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

      प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २(०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

        सम्बन्धित समाचारहरु